१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीमा डा महत र पौडेलको उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँहरुले आजै अपराह्न प्रधानमन्त्री देउवासँगै महाधिवेशनको उम्मेदवारी दर्तास्थल राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । डा महत वर्तमान सहमहामन्त्री हुनुहुन्छ भने प्रदीप पौडेल केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि नेताहरु मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मालगायतले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गराउने क्रम जारी छ । मनोनयत दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।रासस