३० श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल समेत गरिएन



अ+ अ-

काठमाडौँ। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा मंगलवार उपसभापति डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रश्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उपसभापति वाग्लेले प्रश्तुत गरेको पार्टीको अर्थराजनीतिक प्रश्तावमाथि प्रतिनिधिहरुबीच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रश्तुत अर्थ–राजनीतिक दस्तावेजमाथि पर्याप्त छलफल नभएको बताउनु भयो ।

उहाँले संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने खालको प्रश्ताव आएको भन्दै केही प्रदेशका नागरिकले त्यसलाई स्वीकार गर्न नसकिने समेत बताउनु भयो । उहाँले उक्त अर्थराजनीतिक प्रश्तावले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको हितविपरित रहेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी उपसभापतिज्यूले बन्दसत्रमा प्रश्तुत गर्नुभएको अर्थराजनीतिक दस्तावेज कुनैपनि समूहमा छलफल नगराइकन, प्रतिनिधिहरुको बीचमा कुनैपनि किसिमको बहस भएन, गरिएको छैन । त्यो पनि समयको सीमाको कारण ठिकै छ भन्नेकुरा भयो । तर अर्थराजनीकि प्रश्ताव कस्तो आयो भने हाम्रो संघीय शासन प्रणालीमाथि नै अट्याक गर्नेगरी उक्त प्रश्ताव आएको छ । उक्त प्रश्ताव सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका जनताले स्वीकार्छन् जस्तो मलाई लाग्दैन ।’

प्रतिनिधिहरुको संख्या अपेक्षाभन्दा बढी भएकाले महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको महाधिवेशन प्रतिनिधि धर्मराज ताम्राकारले बताउनु भयो । उहाँले महाधिवेशनको कार्यतालिका व्यवस्थापनमा पार्टी नेतृत्व चुकेको कारण महाधिवेशन प्रतिनिधिलाई समेत गाह्रो हुने अवस्था आएको बताउनभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन हिजो नै हुनुपर्ने हो खासमा । तर प्रतिनिधिको संख्या सोचेभन्दा बढी आइदिएको कारणले अहिलेसम्म कुनैपनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । हामी टाढाबाट आएका प्रतिनिधिलाई व्यक्तिगत रुपमा केही समस्या पनि छन् । तर समग्रमा ठिकै छ ।’

महाधिवेशन प्रतिनिधि दयाराम अधिकारीले पार्टीले छोटो समयमा लिएको संगठनात्मक स्वरुपजस्तो महाधिवेशन प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउनु भयो । उहाँले पदाधिकारीमा सहमतिको प्रयास भइरहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो चार पाँच वर्षको अवधीमा पार्टी विशाल भइसकेको छ । तर महाधिवेशनको व्यवस्थापनको सम्बन्धमा केही कमजोरीहरु देखिएका छन् । पार्टी नेतृत्वले पदाधिकारीमा सकभर चुनाव नगरी मिलेर जाउँ भन्ने विषयमा संवाद भइरहेको कारण महाधिवेशनको निर्वाचन प्रक्रिया केही लम्बिएको छ । महाधिवेशन प्रतिनिधिको समस्या बुझेर जसरी व्यवस्थापन हुनुपथ्र्यो, त्यस्तो हुन सकेको छैन ।’

महाधिवेशन प्रतिनिधि प्रेमा थारुले महाधिवेशन समयमै सम्पन्न हुन नसकेको र प्रतिनिधि तथा उम्मेदवारको अन्तिम सूचीसमेत सार्वजनिक नभएको भन्दै व्यवस्थापन पक्ष कमजोर देखिएको बताउनु भयो । उहाँले समयमै निर्वाचन प्रक्रिया शुरु हुन नसकेको विषयमा पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो नै सकिनुपर्ने महाधिवेशन आजसम्म सकिएको छैन । प्रतिनिधि र उम्मेदवारको अन्तिम सूची समेत आइसकेको छैन । व्यवस्थापनको सम्बन्धमा केही फितलो व्यवस्थापन भएकै हो ।’

महाधिवेशनस्थलमा भेटिएका अधिकांश महाधिवेशन प्रतिनिधिहरुले महाधिवेशनको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्नुपर्ने धारणा राखेका छन् । केहीले महाधिवेशनको बन्दसत्रमा प्रश्तुत प्रश्तावमाथि गम्भीर प्रश्न समेत गरे । –न्युज एजेन्सी नेपाल