३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कम्युनिष्ट सरकारले लियो यस्तो एक्सन, चौतर्फी खुसीयाली

कम्युनिष्ट सरकारले लियो यस्तो एक्सन, चौतर्फी खुसीयाली
अ+ अ-

काठमाडौं । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिनेछ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया/मापदण्डका सम्बन्धमा सुझाव पेश गर्ने बोर्डको सचिवालयले जनाएको छ । अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएइ)लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्याङ्क छ ।

श्रममन्त्री विष्टले मन्त्रालय सम्हालेलगत्तै विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेको बिरामीलाई स्वदेश ल्याउन पहल थाल्नुभएको थियो । ती बिरामीलाई स्वदेश ल्याएर उपचार गर्नका लागि उहाँले पटकपटक सरोकारवालासँग छलफल गर्नुभएको थियो । शुक्रबार मन्त्री विष्टले शिक्षण अस्पताल महाराजगञ्ज, वीर र पाटन अस्पतालको निर्देशक तथा स्वास्थ्य मन्त्रालयका सचिवसँग कोमाका रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो । परिवारको सदस्य विभिन्न मुलुकका अस्पतालमा लामो समयदेखि अचेत अवस्थामा हुँदा सिङ्गो परिवार नै आर्थिक तथा मानसिक रुपमा प्रभावित हुँदै आएका छन् ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका ११४ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उनीहरुलाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले रु छ करोड ६६ लाख विनियोजन गरेको छ । यसअघि करार अवधिमा विदेशमा मृत्यु भएका कामदारका परिवारले मात्र आर्थिक सहायता प्राप्त गर्दै आएका थिए । सरकारले कानून संशोधन गरेरै करारअवधिभित्र बिरामी भई स्वदेशमा उपचारका क्रममा मृत्यु भएमा वा बिदामा फर्किएको बेला मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

बैठकले साउदीमा भएको एक दुर्घटनाका क्रममा शव साटफेर भएको घटनाका पीडितलाई पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सोही दुर्घटनामा परी जीवितै रहेका भनिएका मृतक बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने र मृत्यु भएको भनिएका ९जो पछि जीवितै फर्किए० झापाका सुवास तामाङको परिवारले बुझेको आर्थिक सहायतालाई उपचार खर्चमा रुपान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

बागलुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेबियामा मृत्यु भएको थियो । अस्पतालले शव पठाउँदा भण्डारीको शवलाई मोरङका सुवास तामाङ भनी पठाएकोे थियो । सुवासको परिवारले तामाङ संस्कारअनुसार दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपश्चात् उनी जीवितै नेपाल फर्किएका थिए ।

बैठकले राहदानीमा ‘मृतक’ भनी छाप लागेका र मृत्यु दर्तासमेत भइसकेको अवस्थामा सुवास जीवितै फर्किएकाले उनलाई पुनः नागरिकतालगायत अन्य कागजात उपलब्ध गराउन श्रम मन्त्रालयमार्फत सरकारसँग सिफारिस गर्ने निर्णयसमेत गरिएको बोर्डले जनाएको छ ।