३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु
अ+ अ-

काठमाडौं । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ । तर कानूनको जानकारी नहुँदा महिला असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् ।

राष्ट्रिय महिला आयोग र महिला, विकास तथा महिला मञ्चले यहाँ आज आयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५’ कार्यान्वयनको अवस्था विषयक छलफलमा सूचीकृत प्राप्त अस्पतालमा गएर गर्भपतन गराउनुपर्छ भन्नेबारेमा जानकारी नभएको कुरा उठेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सूचीकृत अस्पतालबाट गर्भपतन गर्ने, गर्भपतनपछि र सुत्केरी पछाडि अपनाउनुपर्ने सावधानीबारे ज्ञान नहुँदा गर्भपतन र सुत्केरीको अवस्था जोखिममा रहेको बताउनुभयो ।

उहाँले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि सरकारले आवश्यक बजेट नछुट्याएको र त्यसमा पनि सबै बजेट स्थानीय तहमा पठाएको हुँदा काम गर्न कठिन भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव पुष्पा चौधरीले नेपालको दुई दशकभन्दा लामो मेहनत र सङ्घर्ष गरेर सुरक्षित गर्भपतनसम्बन्धी ऐन ल्याएको जानकारी दिँदै यो ऐन महिलाको सरोकारको विषय मात्र नभएर राष्ट्रकै सरोकारको विषय भएको सुनाउनुभयो ।

राष्ट्रिय महिला आयोगका उपसचिव कल्पना खतिवडाले सुरक्षित मातृत्वका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहमा नै जानकारी गराउनुपर्ने र आगामी दिनमा त्यो कुरा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।