३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

बिहानै उठ्दा साँच्चिकै धनी भइन्छ ? अनिवार्य पढ्नुस्

बिहानै उठ्दा साँच्चिकै धनी भइन्छ ? अनिवार्य पढ्नुस्
अ+ अ-

काठमाडौं । अंग्रेजीमा एउटा भनाई छ, ‘अर्ली टू बेड एण्ड अर्ली टू राइज, मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड वाइज’ । अर्थात्, जो व्यक्ति बिहान चाँडै उठ्छने र राती चाँडै सुत्छन्, उनीहरु स्वस्थ र बुद्धिमान हुन्छन् भने उनीहरुसँग पैसाको कमी पनि हुँदैन ।

भनाइ त ठिक छ, तर के साँच्चै नै यस्तो हुन्छ ? आउनुस् यसबारे पत्ता लगाऔं ।

बेलायतमा बस्ने टिक पावेललाई बिहान चाँडै उठ्न फिटिक्कै मन पर्दैन । तर उनी बिहान ६ बज्नुअघि नै उठ्छु । उनी जिममा गएर वर्कआउट गर्छन् । काममा जाने तयारी गर्छन् र बिहान ९ बजे काम सुरु हुनुअघि नै अफिस पुग्छन् । काम सुरु गर्नुअघि उनी आफ्नो अफिस नजिकै बनेको पार्कमा केही बेर टहल्छन् पनि ।

बिहिबारको दिन त टिम अझ चाँडै नै उठ्नुपर्छ । त्यसदिन उनी बिहान ५ बजेर बीस मिनेटमा नै बेड छोड्छन् किनभने अफिस जानुअघि उनी जर्मनी भाषा सिक्न जान्छन् ।

टिम दैनिक आधा घण्टा कडा व्यायाम गर्छन् । आरामसँग बसेर नास्ता खान्छन् । थोरैबेर पार्कमा टहल्छन् । जर्मनी पनि सिक्छन् । यी सबै काम उनी अफिस जानुअघि नै गर्छन् ।

उनी सधैं बिहान चाँडै नै उठ्छन् तर उनलाई चाँडै उठ्ने बानी निकै समयपछि लाग्यो । उनका अनुसार सुरुमा उनी बिहान सबेरै उठेपछि निकै अल्छी मानेर सुतिराख्थे । थुप्रै पटक त उनी पुनः सुत्थे । लगातार बिहान उठ्दा उठ्दै अब उनलाई यसको बानी लागेको छ । उनका अनुसार पहिलो दिनमा नै तपाईं सगरमाथा चढ्ने बारे सोच्न सक्नुहुन्न ।

धेरैजसो सफल व्यक्तिहरु बिहान चाँडै उठेर आफ्ना महत्वपूर्ण काम, बिना कुनै रोकटोक समाप्त गर्न चाहन्छन् । चर्चित पत्रिका भोगकी सम्पादक एना विन्टोरले उनको दिन बिहान पौने ६ बजे सुरु हुने बताइन् । उनी काम सुरु गर्नु एक घण्टा अघि टेनिस पनि खेल्छिन् ।

जानकारका अनुसार बिहान उठेदेखि अफिस पुग्ने बिचको समय निकै महत्वपूर्ण हुन्छ । त्यतिबेला थुप्रै यस्ता काम गर्न सकिन्छ जो नीजि रुपमा कुनै व्यक्तिका लागि निकै फाइदाजनक हुन्छ ।

त्यो तपाईंको अफिससँग जोडिएका काम हुँदैनन् । जस्तो कि टिम पावेल जर्मनी सिक्छन् र आफ्नो राम्रो स्वास्थ्यका लागि जिममा काम गर्दछन् ।

कोही व्यक्तिहरु यो क्रममा तपाईंको अधुरो किताब पूरा गर्ने कोसिस गर्दछन् । यस्तै, केही मानिसहरु यो खाली समयमा परिवारसँग बिताउन मन पराउँछन् ।

तर प्रश्न यो उठ्छ कि बिहान उठ्ने बानी कसरी बसाल्ने ?

अष्ट्रेलियाको पर्थ यूनिभर्सिटीका प्राध्यापक मार्टिन ह्यागरका अनुसार तपाईंको रुटिन निकै हदसम्म तपाईंको बानीमा निर्भर हुन्छ । ह्यागर यो कुरामा अनुसन्धान गरिरहेका मानिसहरु आफ्नो बानीमा कसरी नियन्त्रण पाउँछन् ।

उनको अनुसन्धानबाट पत्ता लागे अनुसार यदि तपाईं आफ्नो रुटिन सुधार्नु हुन्छ भने तपाईंका विभिन्न बानी पनि सुध्रिन्छ । उनका अनुसार रुटिन सुधारेर, राती अबेरसम्म जाग्ने व्यक्ति पनि बिहान चाँडै नै उठेर थुप्रै काम समाप्त गर्न सक्छन् ।

मार्टिन ह्यागर धेरैजसो बिहान ६ बजे उठ्छिन् । बिहान वर्कआउट गर्छन् । स्वस्थ नास्ता खान्छन् । त्यसपछि उनी बिहान आठ बजे काममा पुग्छन् ।

उनका अनुसार यदि तपाईं बेलुका व्यायाम गर्छु भन्दै कुरा टार्नु हुन्छ भने बेलुकासम्म तपाईं यति थाक्नुहुन्छ कि व्यायामका लागि जानै सक्नुहुन्न । त्यसकारण उनी सुत्नुभन्दा अघि बिहानको तयारी गर्छन् । अलार्म लगाउँछन्, अनिमात्र सुत्छन् ।

तर बिहान उठ्न विशेष नियम हुनुपर्छ भन्ने होइन । दिन कहिले सुरु गर्ने भन्ने कुरा तपाईंमा निर्भर हुन्छ । हरेक व्यक्तिको भिन्न रुटीन, भिन्न लक्ष्य र भिन्न जीवन–शैली हुन्छ ।

महत्वपूर्ण कुरा के छ भने तपाईं आफ्नो रुटिनबाट बिहानको समय कसरी निकाल्न सक्नुहुन्छ । यदि तपाईंलाई बिहान उठ्न समस्या भइरहेको छ भने दैनिक केही बेर अघिको अलार्म लगउनुहोस् । बिस्तारै बिस्तारै चाँडै उठ्ने बानी पर्छ ।

‘ह्वाट द मोस्ट सक्सेसफूल पिपल डु बिफोर ब्रेकफास्ट’ नामको किताब लेख्ने लारा वान्डरकामका अनुसार बिहानको समय तपाईंको आफ्नो समय हो । कसैले पनि यो समय तपाईंबाट खोस्न सक्दैन ।

संसारभरीका अन्य जिम्मेवारी तपाईं दिनको अन्य समयमा गर्न सक्नुहुन्छ, तर बिहानको समय आफ्नो लागि राख्नुहोस् ।

वान्डरकामले सफल र निकै व्यस्त मानिसहरुको रुटीनमा नजर राखेकी छिन् । यस्ता व्यक्तिले बिहानको समय आफ्नो लागि राख्ने गरेको उनले पत्ता लगाइन् ।

कसैलाई स्वास्थ्यसँग लगाव छ भने कसैलाई नयाँ कुरा सिक्ने जाँगर, यस्तै कोही भने आफ्नो परिवारसँग बिताउन चाहन्छन् ।

वान्डरकामका अनुसार यदि तपाईं केही कुरा गर्न चाहनुहुन्छ तर समय निकाल्न सकिरहनुभएको छैन भने हिान चाँडै नै उठ्ने कोसिस गर्नुहोस् । बिहान चाँडै उठ्नका लागि बेलुका चाँडै सुत्ने कोसिस गर्नुहोस् ।

टेलिभिजन हेर्न, नेट सर्फ गरेर आफ्नो बेलुकाको समय बर्बाद नगर्नुहोस् ।

अमेरिकाको मिशिगनमा अल्बियन कलेजकी असोसिएट प्रोफेसर मारिके विथका अनुसार जसरी बिहान चाँडै उठ्ने व्यक्तिले आफ्नो समयको फाइदा उठाउँछन् त्यसै गरी अबेर रातीसम्म जाग्नेहरु पनि बिहानको रुटीनको फाइदा उठाउन सक्छन् ।

अबेर रातीसम्म जाग्ने व्यक्तिहरु बिहानको समयमा धेरै रचनात्मक हुने भएकोले बिहानको समयलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सकिने उनले आफ्नो अनुसन्धानमा पत्ता लगाएकी छिन् ।