१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो



अ+ अ-

बैतडी । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँको भनाइ थियो ।

बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताउनुभयो । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उहाँले जोड दिनुभयोे छ ।