१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्लड बैंक’ मा फ्रिज अभाव



अ+ अ-

लमही । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताउनुभयो । “एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले पटक–पटक फ्रिज माग गर्ने गरेका छौँ ।”

अहिलेको त्यो फ्रिजमा ४० देखि ४५ प्वाइन्टसम्म मात्रै रगत सङ्कलन गर्न सकिने उहाँको भनाइ छ । तर रक्तदान शिविर सञ्चालनमा धेरैले रक्तदान गर्ने भएकाले फ्रिजमा आवश्यकतानुसार सङ्कलन गर्न सकिने अवस्था छैन् । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा वृद्धि भएको भन्दै ठूलो खालको फ्रिज आवश्यक पर्ने उहाँको भनाइ छ ।
तुलसीपुर केन्द्रमा आठ÷नौ सय प्वाइन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यकता छ । साथै सङ्कलन भएको रगत ३५ दिनभन्दा बढी राख्न नमिल्ने भन्दै त्यहीअनुसार स्टक राख्ने गरेको उहाँले बताउनुभयो ।

अञ्चल अस्पताल परिसरमा समाजसेवी वामदेव उपाध्यायले आफ्नी दिवङ्गत श्रीमती कालिकादेवीको स्मृतिमा निर्माण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गत वर्ष भदौदेखि केन्द्र सञ्चालन हुँदै आएको छ । नेपाल रेडक्रसले सञ्चालन गरिरहेको उक्त रक्त सञ्चार केन्द्रमा पटक–पटक ठूलो फ्रिज ल्याउने कुरा चले पनि अझै ल्याउन सकिएको छैन । फ्रिज ल्याउने कार्यमा पहल भइरहेको रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।