८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ



अ+ अ-

काठमाडौं । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ ।

पर्खालको मोटाइ : घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन स् घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

दक्षिण पश्चिममा अग्ला रुख : घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बीच भाग खालि राख्ने : घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष कहाँ राख्ने : भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

झ्याल ढोकाको सफाइ : घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ। यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

मुख्यद्वारको सजावट : घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

चराहरूलाई दानापानी दिन डुँड : घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

प्याजी रंग : घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।




भर्खरै