२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका बलात्कार गर्नेलाई ६ वर्ष कैद



अ+ अ-
सांकेतिक तस्वीर

सप्तरी । बालिका बलात्कार गरेको आरोपमा सप्तरीमा एक जनालाई छ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले छ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

यादवलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला सुनाइएको छ । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो । प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।