१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग
फाईल फोटो
अ अ+ अ-

कञ्चनपुर। लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ । घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ । लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताउनुभयो ।

“हात्तीको बथानले बिहानको झिसमिसेमै घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ”, उहाँले भन्नुभयो, “घर पूरै क्षतिग्रस्त बनाइदिएपछि छिमेकीको शरणमा बस्न बाध्य भएका छौँ ।” अन्न, लत्ताकपडा र खाना बनाउन प्रयोग हुने भाँडाकँुडासमेत हात्तीको बथानले कामै नलाग्ने बनाएको उहाँको भनाइ छ । वडाध्यक्ष बहादुर रानाले हात्तीले भट्ट परिवारको घर क्षतिग्रस्त बनाउनुका साथै घरभित्र राखेको सबै सामान खुट्टाले कुल्चेर क्षति पु¥याएको बताउनुभयो ।

उहाँका अनुसार हात्तीको बथानले झण्डै रु दुई लाखको क्षति गरेको छ । यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितको तारापुर शिविरमा बसोबास गर्दै आएका बासिन्दा एक सातादेखि हात्ती भगाउन जाग्राम बस्न थालेका छन् । विस्थापित परिवार बस्दै आएको झोपडी हात्तीबाट जोगाउन आगो बाल्ने, होहल्ला गर्ने कार्यसँगै पटाका पड्काएर हात्ती भगाउँदै आएका छन् । हात्ती साँझ नपर्दै बस्तीमा छिर्ने भएकाले रातभर पालैपालो जाग्राम बसेर भगाउँदै आएको नरिभान ढुङ्गालले बताउनुभयो ।

भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथानले प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको घर भत्काउने, घाइते बनाउने र मानवीय क्षति गर्दै आएको छ । हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमै शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यानसमेत गुमाइसकेका छन् । तराई हुँदै हात्तीको बथान चुरे क्षेत्रसम्म पुग्ने गरेको छ ।रासस