१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोर्नाडोमा परेर अमेरिकामा ५० जना भन्दा बढीको मृत्यु



अ+ अ-

संयुक्तराज्य अमेरिकामा आँधी (टोर्नाडो) मा परेर ५० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको छ । क्षतिको विवरण संकलन गरिरहेका अधिकारीहरुले केन्टकी राज्यमा मात्र १०० भन्दा बढी मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

अमेरिकाका दक्षिणी राज्य केन्टकीमा टोर्नाडोले सबैभन्दा बढी जनधनको क्षति पुगेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

समाचार संस्था एपीका अनुसार, शुक्रबार साँझ आएको शक्तिशाली टोर्नाडो र आँधीबेहरीले धेरै घर र सार्वजनिक स्थलहरुमा क्षति पुगेको छ । केन्टकी राज्यको इतिहासमा यो सबैभन्दा डरलाग्दो टोर्नाडो हो ।

मेफिल्डको एउटा कारखाना भत्किँदा त्यसभित्र रहेका दर्जनौं कामदारहरुको मृत्यु भएको आशंका गरिएको छ । त्यस कारखानामा १०० भन्दा बढी व्यक्ति रहेको अनुमान गरिएको छ ।

अन्य राज्यमा पनि जनधनको क्षति भएको छ । केन्टकी राज्यका गभर्नर एन्डी बेसियरले राज्यमा आपतकालको घोषणा गर्दै राहत र उद्धार कार्यलाई तिब्र बनाइएको बताएका छन् ।

प्रहरीका अनुसार राज्यको पश्चिमी क्षेत्रमा बहेको तिब्र बेगको हावाका कारण एउटा रेल पनि लिकबाट बाहिर गएको छ ।

अन्य राज्यहरु इलिनोइस, टेनिसी, अर्कान्सा लगायतका राज्यहरुमा पनि क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।