३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मुख मैथुन गर्दा कुनै हानी गर्छ कि गर्दैन ?

मुख मैथुन गर्दा कुनै हानी गर्छ कि  गर्दैन ?
अ+ अ-

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुख मैथुन अर्थात Oral Sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गर्नुभएको बुझिन्छ ।

कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुख मैथुनबाट यौनआनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडीहरू प्रशस्तै छन् ।

एक अध्ययनका अनुसार पश्चिमा देशहरुमा मुख मैथुन गर्ने मानिसको संख्या हृवात्त बढ्ेको छ । प्रोनोग्राफी (ब्लुफिल्म)ले त्यसलाई ब्यापक बन्न सघायो । यद्यपी, मानिसले मध्ययुगदेखि नै मुख मैथुन गर्न थालेको मानिन्छ । सभ्रान्तहरुले दास वा दासीलाई मुख मैथुन गराएको इतिहासमा पाइन्छ । यसले दुबै पक्षलाई चरम आनन्द दिने अध्ययनहरुले देखाएका छन् । अहिले त ओरल सेक्स शिक्षित दम्पत्तीहरुका वीच सामान्य जस्तै बन्न थालेको छ ।

हिजोआज बढी यौन आनन्दका लागि मुख मैथुन गरिन्छ । सुरुमा पुरुषले महिला वा महिलाले पुुरुषको यौनांगलाई मुखले चलाइदिने,हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु, लिङ्ग अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने, लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने, बहि सन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने, (ओठमा चुम्बन लिएजस्तै चुम्बन लिने, जिब्रोले लिङ्गको अग्रभाग चलाउने, लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने, लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने बिधिलाई ओरल सेक्स भनिन्थ्यो ।

वास्तवमा मुख मैथुनभन्दा १. लिङ्ग–मुख मैथुन (Fallatio), २. योनि–मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार–मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीचमा हुनसक्छ ।

अध्ययनहरुले देखाए अनुसार, बूढापाका पुरुषहरु मुख मैथुनमा बढि रमाउने गरेका छन् । उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै गए पनि मनमा यौन चाहना हुने भएका कारण पाका पुरुषहरु मुख मैथुनमा रमाएका हुन् । उमेरदार पुरुषहरु चाही फोर प्लेका लागि मुख मैथुनमा रमाए पनि आफ्नो क्षमता र आनन्दका लागि बढी सामान्य आशनमा यौन सम्पर्क गर्छन् ।

पश्चिमा देशहरुमा भएका अध्ययनहरुले २०/२४ वर्ष उमेर समूहका ५५ प्रतिशत पुरुषले महिलालाई मुख मैथुन गराउने गरेको देखाएका छन् । त्यस्तै, ३०/३९ बर्ष उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुखको माध्यमबाट यौन सन्तुष्टि दिने प्रयास गरेका छन् । उमेर बढ्दै जाँदा महिला वा पुरुष यौनमा उदार बन्दै जान्छन् र मुख मैथुनलाई यौनको महत्वपूर्ण विधि मान्छन् भन्ने यसबाट देखिन्छ ।

अध्ययनहरुले मुख मैथुनले महिलाहरुलाई मनोरोगबाट बच्न मद्दत गरेको देखाएको छ । नेपालमा भने यस किसिमको अध्ययन नभएकाले यौन सम्पर्कको यो बिधि कति लोकप्रिय छ भन्न सकिने अवस्था छैन । नेपाली समाजमा अहिले पनि यो बिधिलाई अप्राकृतिक मान्ने गरिन्छ ।

मुख मैथुनमा सरसफाइको बिषेश महत्व हुन्छ । पश्चिमाहरु यौन सम्पर्कअघि अनिवार्यरुपमा नुहाउँछन् । नुहाउँदा यौन अङ्ग र भित्री बस्त्रहरुको सफाइमा निकै ध्यान दिन्छन् । नेपाल लगायतका कम बिकसित मुलुकहरुमा भने यौनको सन्दर्भमा सरसफाईलाई त्यति महत्व दिइदैन । तर, मुख मैथुनको लागि यौनांग, मुख आदिको सरसफाइ महत्वपूर्ण हुन्छ । आफ्नो यौनसाथीको यौनाङ्गको सफाइप्रति विश्वस्त नभएसम्म आनन्द अनुभव गर्न सकिदैन ।

मुख मैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ । योनि–मैथुनमा भने त्यस्तो चिन्ता पाइँदैन । वास्तविकता के हो भने सामान्य रूपमा दुई स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । त्यसैले यसलाई अस्वस्थकर भन्ने कुरै आएन ।

यस अर्थमा स्वस्थ व्यक्तिहरूका माझ हुने मुख मैथुन सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसमा कुनै हानी वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन ।

यदि दुई जना वा कुनै एक जनामा यौनरोग छ भने सर्न सक्छ जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराए पछि वा भनौं निको भए पछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । सुरक्षित बनाउन मुख मैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ ।