१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा जीप दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् ।

घाईते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।