अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् ।
घाईते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।