काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चावहिल बस्ने दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङ रहेका छन् ।
तामाङलाई बुधबार साँझ पक्राउ गरिएको हो । काम सकेर घर जाने क्रममा तामाङले काठमाडौं गंगाहिटी बस्दै आएकी काभ्रेकी १५ वर्षीया किशोरीलाई फकाएर आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।