६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कका प्रधानमन्त्री कार्यकाल सक्किएपछि झोला बोकेर एक्लै निवासबाट बाहिरिए !



अ+ अ-

काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको ४ बर्षे कार्यकाल समाप्त भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका छन् ।

आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए । कार्यकाल सक्किएपछि निवास छाडेका लार्सले एउटा सामान्य झोला मात्र बोकेर बाहिरिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उनले सामाजिक संजाल फेसबुकमा समेत राखेका छन् ।

सामाजिक संजालमा उनले राखेको तस्वीर केही समयमै भाइरल बनेको छ । निकै सरल तरिका र सुरक्षाकर्मीको साथबिना नै प्रधानमन्त्री जस्तो व्यक्ति सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै चौतर्फी चर्चा भएको छ ।

डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सक्किएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनि डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।