२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित



अ+ अ-

डडेल्धुरा । डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो ।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको यस स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई झनै बढी समस्या हुने गरेको छ । खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको राई स्वास्थ्य सस्थाले जनाएको छ । स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलाको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताउनुभयो ।

सदरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ । स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताउनुभयो । जथाभावी वनजगङ्ल फँडानी गर्दा र उच्च भारका डोजर, स्काईभेटरको प्रयोगबाट सडक खन्दा पानीका मूलहरु सुकेर गएको विज्ञहरु बताउँछन् । साथै पानीको मूल नजिकबाट सडकहरु लैजाँदा खानेपानीको समस्या अझ बल्झेको बताइन्छ ।