डोटी । डोटीमा जबरजस्ती करणी गरेको आरोपमा डोटीमा एकजना नेपाली सेनाका जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्ट रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक लालबहादुर धामीका अनुसार जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने एक महिलालाई जबरजस्ती करणी गरेका थिए ।
उनका अनुसार यहि असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी साली नातापर्ने निज महिलालाई सैनिक जवान विष्टले जबरजस्ती करणी गरेको प्रहरीमा बिहिवार उजुरी परेको थियो । पक्राउ परेका विष्टलाई प्रहरी हिरासतमा राखि वयान सुरु भएको प्रहरीले जनाएको छ ।