१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु, अन्य तीनजना बेहोस



अ+ अ-
फाइल फोटो

हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् ।मृत्यु हुनेमा १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेकी छिन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार बुञ्जीमायाको तीनदिन अघि खाएको च्याउको कारण मृत्यु भएको हो भने यता उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका छन् ।

उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।