२० आश्विन २०८१, आईतवार
,
Latest
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् भगवान बिष्णुका ११ अवतार : जसले पृथ्वीमा मानवको रक्षा गरेका थिए



अ+ अ-

हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।

मत्स्य अवतार
मत्स्य माँछा अवतारमा भगवान विष्णुले प्रलयकालमा फसेको पृथ्वीमा मानव रक्षा गरेका थिए। यसका साथै हयग्रीव नाम गरेको राक्षसले सबै वेदहरूलाई चोरेर समुन्द्रमा लुकाई दिएको थियो तब भगवान विष्णुले मत्स्य अवतारमा आयेर वेदहरूलाई पुनस् प्राप्त गरेर वेदहरूको रक्षा गर्नुभयो।

कूर्म अवतार

कूर्म अवतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मंथन गरि रहेका देवता र दैत्यहरूको सहयोग गरेका थिए।

बराह अवतार

बराह बँदेल अवतारमा आयेर भगवान विष्णुले समुन्द्रमा डुबाएको पृथ्वीलाई निकालेर पृथ्वीको रक्षा गरेका थिए।

नरसिंह अथवा सिंह अवतार

नृसिँह अवतारमा भगवान विष्णुले हिरण्यकशेपु नामको दैत्यलाई मारेर पृथ्वीको उदार गर्नाको साथै भक्त प्रहलादलाई ज्ञान दिएका थिए ।

वामन अवतार

वामन अवतारमा भगवान विष्णुले राजा बलीले गरी रहेको राजा इन्द्रको स्वर्गको राज्य फिर्ता गराएर राजा बलीको पनि उदार गरेका थिए।

परशुराम अवतार

परशुराम अवतारमा भगवान विष्णुले २१ पटक पृथ्वीमा घुमी घुमी पापी क्षेत्रीयहरूको नास गरेर धर्मको रक्षा गरेका थिए।

राम अवतार

राम अवतारमा भगवान विष्णुले रावण आदी ठूला ठूला राक्षसगणहरूलाई मारेर पृथ्वीको उदार गरेका थिए।

कृष्ण अवतार

श्रीकृष्ण अवतारमा भगवान विष्णुले कंस आदी ठूला ठूला असुरगणहरूको सँहार गर्नाको साथै कुरुक्षेत्रमा महाभारतको युद्ध गराएर पृथ्वी भरका पापीहरूको नास गराएका थिए।

बुद्ध अवतार


हिन्दू धर्म अनुसार भगवान विष्णुको दश अवतार एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले अवतार लिएर दानवहरूलार्इ अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनार्इ दुर्वल तुल्यार्इ देवताहरूको रक्षा गरेको थियो । विष्णु पुराण देखि शुरू भर्इ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथा उल्लेख भएको पाइन्छ । यी पुराणहरूका कथनलार्इ पढ्ने हो भने यी कथाहरूमा बुद्धलार्इ सद्पात्र भन्दा नकारात्मक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

कल्की अवतार

हिन्दू धर्मका अनुसार भगवान विष्णुको यो अवतार भविष्यमा हुनेछ। कल्की अवतार कलियुगको अन्त्य तिर हुनेछ। कल्कि अवतार लियेर भगवानले दुष्टहरूको नाश गरेर धर्मको रक्षा गर्ने छन्।