३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पाँचथरमा पहिरोः २१ परिवार प्रभावित

पाँचथरमा पहिरोः २१ परिवार प्रभावित
अ+ अ-

काठमाडौं । पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । यहाँका सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । विस्थापितमध्ये पहलमान राईको घर पहिरोले बगाएको छ भने अन्यको घरमा समेत बस्न नसकिने अवस्था रहेको छ । विस्थापित सात परिवारका जम्मा ४२ सदस्य छन् ।

यहाँको चिङ्मा बस्तीका भीमबहादुर राई, पूर्णबहादुर राई, टङ्क माङ्मू, लालबहादुर राई, दिलबहादुर माङ्मु, बालकृष्ण राई, कृष्णबहादुर राई, विष्णुमाया राई, हर्कमान राई र दिलकुमारी राई तथा मुक्लाबु बस्तीका डिकबहादुर बानियाँ, कपिलमान राई, सेरमान राई र ईश्वरी बेघा पहिरोबाट प्रभावित बनेका हुन् । निरन्तरको वर्षापछि यहाँका सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । बस्तीभन्दा माथि डुँडे चौर नामको ठूलो खुला मैदान रहेका कारण स्थानीयवासी त्यहाँ पुगेका थिए ।

निरन्तर वर्षा भएका कारण पहिरो जाने क्रम निरन्तर रहँदा स्थानीयवासीलाई भाग्नसमेत समस्या परेको थियो । “दुई दिनदेखि पानी परिरहेको थियो । वर्षाकै कारण मोबाइलमा नेटवर्कसमेत नआउने भएका कारण स्थानीयले समयमा खबर गर्नसमेत पाएनन्”, वडासदस्य प्रेमबहादुर राईले भन्नुभयो, “जे होस् डुँडे चौर पुगेर ज्यान जोगाउनु भयो ।”

चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पु¥याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ । निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ । “यो अत्यधिक वर्षा हुने ठाउँ हो”, स्थानीयवासीसमेत रहनुभएका वडासदस्य राईले भन्नुभयो, “वर्षा भइरहे सेपी र बेतेनीका करीब ९० घर परिवार आ–आफ्नो घरमा बस्न सक्नुहुन्न । उहाँहरुका लागि वैकल्पिक व्यवस्था गरिनुपर्छ ।”

पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ । पहिरोले गोठसमेत बगाएको छ । कति पशु चौपाया मरे भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो । अधिक वर्षा हुने समय भएका कारण अहिले भेडा, गाई तथा चाँैरी गोठ बस्ती छेउमै रहेको वडाध्यक्ष योङहाङले बताउनुभयो । अझैसम्म वर्षा भइरहेका कारण स्थानीयवासीमा पहिरो जाने त्रास कायम रहेको उहाँको भनाइ छ ।

डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले बिहीबार राहत सामग्री प्रदान गरेका छन् । यी संस्थाले पीडित परिवारलाई ३५० किलो चामल, १५० किलो चिउरा, ३५ काटुन तेल, १६ काटुन चाउचाउ, ३० थान कम्बल, १५ थान त्रिपाल, १५ थान भाँडावर्तन तथा लत्ताकपडा वितरण गरेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो ।