१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोहोराटार पुगेर पौडेलसँग गरे वार्ता, सहयोग गर्न आग्रह



फाईल फोटो
अ+ अ-

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेललाई उहाँकै निवास बोहोराटारमा पुगेर भेट गर्नु भएको छ ।

महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा र आफ्नो आदर्श विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेको भन्दै काँग्रेसका सबै राजनीतिक गतिविधिबाट आफूले विश्राम लिने बताएका पौडेलसँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुई नेताबीच गएराति ९ बजेतिर भेटघाट भएको थियो ।

पौडेलको सचिवालयका अनुसार सभापति देउवाले राजनीतिबाट अलग हुने कुरामाथि पुनर्विचार गर्न आग्रह गर्नु भएको थियो ।

वरिष्ट नेता पौडेल सभापति देउवाका कट्टर आलोचक हुनुका साथै देउवाको विकल्प खोज्ने अभियानमा सक्रिय हुनुहुन्थ्यो । उहाँले संस्थापन इतर पक्षबाट सभापतिमा सर्वसम्मत उम्मेदवार हुने चाहना राखे पनि नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालालाई सहमतिमा ल्याउन सक्नु भएको थिएन ।