• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना



लन्डन, युके । बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ।

बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहायताको अर्को समूह ७५ मिलियन पाउन्डमा छुट्याउने योजना बनाएको  र  ब्रिटिश विदेश, राष्ट्रमंडल र विकास कार्यालयले सूचित गरेको स्पुतनिकले  जनाएको छ । परराष्ट्र कार्यालयले शनिबार कुल सहायता प्याकेजमध्ये ३४ मिलियन पाउण्ड हुने बताएको छ ।

ट्रसले शनिबार लिभरपुलमा समूहको सात (जी ७) विदेश मन्त्रीहरूलाई स्वागत गरेको छ जहाँ उनीहरूले अफगानिस्तानलगायत विश्वव्यापी द्वन्द्व र क्षेत्रीय संकटहरूबारे छलफल गरेको, स्पुतनिकले रिपोर्ट गरेको छ।

बेलायती विदेश मन्त्रीले मानवीय प्रकोप रोक्न र आप्रवासनको उच्च जोखिमबाट बच्न अन्तरराष्ट्रिय सहयोगलाई फराकिलो बनाउन आह्वान गरेका छन्। मानवीय संकटबाट बच्न बेलायतले यस वर्ष अफगानिस्तान र त्यस क्षेत्रलाई आफ्नो सहायता दोब्बर गरी करिब ३८० मिलियन अमेरिकी डलर ९२८६ मिलियन पाउण्ड० पुर्याएको छ।

सेप्टेम्बरमा, बेलायतले अफगानिस्तान लगायत छिमेकी देशहरूलाई ३० मिलियन पाउन्ड सहायता पठाएको थियो। अक्टोबरमा  थप ५० मिलियन पाउन्ड विनियोजन गरेको थियो।

यस महिनाको शुरुमा, ट्रसले अफगानिस्तान र युरोपमा सुरक्षा र सहयोग संगठनको लागि रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अफगानिस्तान र सम्बन्धित मानवीय मुद्दाहरूबारे छलफल गरेको थियो। (रासस-एएनआई)