३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन

जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन
अ+ अ-
file-photo

डोल्पा । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।

अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका छन् । जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताउनुभयो ।

पटक-पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा सङ्कलका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । पाँच स्थानीय तहले यार्सा सङ्कलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पूर्व अध्यक्ष विष्णुलाल बुढाले बताउनुभयो ।

आन्तरिक तयारी भए पनि बजेट सार्वजनिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो । छार्काताङसोङ, डोल्पोबुद्ध, काइके र शे–फोक्सुण्डो गाउँपालिकाका तथा ठूलिभेरी नगरपालिकामा बजेट सार्वजनिक हुन सकेको छैन् । उपल्लो डोल्पामा बैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा बसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिइरहेका छन् ।

जनप्रतिनिधि यार्सागुम्बा पाटनबाट फर्कने क्रम जारी रहेको छ । अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथिल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही असार २५ गतेसम्म बजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताइएको छ ।

अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताउनुभयो । अब तीन दिनभित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगायतको टोली दुनै आइपुग्ने उहाँले बताउनुभयो ।