३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
अ+ अ-

प्रिया अधिकारी/ बुटवल । कञ्चन जेसिज र साना किसान सहकारी संस्था कञ्चनको संयुक्त आयोजनामा एक दिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। कंन्चन १ लौसामा रहेको डाफे कटेज एण्ड पाटी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कञ्चन जेसिज बर्ष २०१९ का संस्थापक अध्यक्ष चुडामडी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्द्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले महिला अरुको भर नपर्ने आफैमा सबल भए घर परिवार देखि लिएर आफैं पनि सशक्त हुने र महिला बिचको असमझदारी हटाए महिला सशक्त हुने कुरामा जोड दिनु भयो। कंन्चन गाउँपालिका तथा न्यायिक समिति सदस्य रेणु कुवरले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याएको र अझै पनि थप कार्यक्रम ल्याउने प्रतिबद्धता दिनु भयो।

नेपाल जेसिज बर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा १४५ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो।

त्यसै गरि साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार ओम प्रकाश शर्मा प्रशिक्षार्थी तर्फ रुमा खड्का, कुस्मा देवि पुन, दिलमाया भट्टराईले आफुले एक दिनमा सिकेको अनुभव सुनाएको उक्त कार्यक्रममा उद्घाटन सत्र र समापन सत्रमा क्रमशः अध्यक्ष चुरामडी पौडेल कृषि सहकारी संस्थाकी अध्यक्ष कोपिला घिमिरेलेको अध्यक्षता रहेको उक्त कार्यक्रम
जेसिजका महासचिव राजन पौडेलले संचालन गर्नु भएको थियोे भने जेसिजकी कार्यकारी उपाध्यक्ष राधिका चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।