• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

मदन भण्डारीको हत्या भयानक षड्यन्त्र : दाहाल



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका राजनीतिक हत्याकाण्डका दोषी पत्ता लगाउन असफल भएको बताएका छन् ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक हत्या, प्रतिहत्याका दोषी पत्ता लगाउन असफल भएको बताए ।

‘माथिल्लो स्तरका राजनीतिक हत्या, प्रतिहत्याका धेरै भयानक घटनाको शृंखला छ। कोत पर्व, भण्डारखाल पर्वदेखि थुप्रै माथिल्लो स्तरका घटना नेपाली समाजले देखेको छ। मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड भए’, उनले भने, ‘यी ठूला घटनामा हत्यारा पत्ता लागेका छैनन्। हत्यारालाई जनतासमक्ष ल्याई कारबाही गरेर फेरि त्यस्तो घटना रोक्ने प्रयासमा हामी सफल छैनौं।’

दोषी पत्ता लगाउन नसक्दा आफैं छाला जोगाउन लागेका त छैनौं भन्ने प्रश्न उठेको उनको भनाइ थियो। ‘हामी छाला बचाउनेतिर लागेका त छैनौं रु प्रतिक्रियावादी नरिसाउन् भनेर, हामी मारिएका त छैनौं नि अहिलेसम्म १, मारिन पनि सक्छौं’, उनले भने, ‘हामीले दोषी पत्ता लगाउन सकेका छैनौं। फेरि त्यस्तो घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्न सकेका छैनौं। अर्कोतिर त्यस्तो नहोस् भन्नका लागि हामीले छाला जोगाउनेतिर कोसिस भएको छ। दोषी पत्ता लगाएर कारबाहीमा ल्याउँदा छाला जोगाउन पर्दैन नत्र भने जोगाउनुपर्ने हुन्छ। यसमा घोत्लिनुपर्ने हुन्छ।’

मदनको हत्या भयानक षड्यन्त्रस्वरूप भएको उनले बताए। जनतादेखि सबैलाई मदनको हत्या भएको मोटामोटी थाहा लागे पनि दोषी भने किटानै गरेर फलानो भन्न सक्ने अवस्था नभएको उनको भनाइ थियो। ‘मदन भण्डारीको अवसान रहस्यमय भयो। हामी प्रायःलाई लाग्छ, उहाँको हत्या भएकै हो। त्यो कुनै दुर्घटना होइन’, उनले भने, ‘आजको मितिसम्म त्यो हत्या नै हो। हत्यारा फलानो हो, यो(यो शक्ति हो भनेर किटेर भन्न सक्ने प्रमाण हामीले प्रस्तुत गर्न सकेका छैनौं।’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।