१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको बेनिघाटमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, ३० घाइते



अ+ अ-

काठमाडौं । धादिङको बेनिघाटमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।


रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् । उनीहरुको शव गजुरी अस्पतालमा रहेको छ ।दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेपर गरिएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदी अस्पतालमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।