१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्ग भएका व्यक्तिलाई सहायक सामाग्री वितरण



अ+ अ-

-प्रिया अधिकारी


कञ्चन । अपाङ्ग पुनःस्थापना तथा सामुदायिक विकास केन्द्र अपाङ्गता उत्थान गाउँ समुनवयन समिति बेलभरियाको आयोजनामा अपाङ्ग भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ।

अपाङ्ग पुनःस्थापन केन्द्रका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षता भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिका भित्र रहेका ७५ जना अपाङ्ग व्यक्तिहरुलाई हवील चियर,विशेष जुत्ता,ट्वाइलेट चियर,कानको मोटर ,कृत्रिम पैतला,बैसाखी ,सेतो छडी,साधारण लठ्ठी ,कम्मर बेल्ट र वाल्कर लगायतका सहायक सामाग्री वितरण गरेको छ।

विशेष गरि अपाङ्ग व्यक्तिहरुको मनोबल बढाउने र आत्म सम्मानका साथ जिउअन सक्ने सक्षम नागरिक खडा गर्ने उदेश्यले यस्ता सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भट्टराईले जानकारी दिए।कार्यक्रमका प्रमुख अतिथी रहेका कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यस्ता सहायक सामाग्री वितरणले अपाङ्ग व्यक्तिलाई सहज हुने र अरुको भर पर्न नपर्ने भएपछि उनीहरु आफैं सक्षम हुने कुरा बताउदै अवसर पाए यस्ता व्यक्तिले देशलाई विश्वमा चचिनाउन सक्ने भन्दै उनिहरुलाइ अवसरका लागि गाउँपालिका सदैब सकारात्मक रहेको र अपाङ्ग व्यक्तिलाई परिचयपत्रका लागि पुर्ण तयारी भइ सकेको जानकारी दिनुको साथै आफुले सक्दो सहयोग गर्दै आएको र अझै परेको खण्डमा सहयोग गर्न पछी नहट्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिलमाया सापकोटा (भट्टराई)को संचालनमा भएको उक्त कार्यक्रममा कञ्चन १ का वडा अध्यक्ष हरिनारायण थारु, कञ्चन कार्यपालिका न्यायिक सदस्य रेणु कुवर ,बाल अस्पताल तथा अपाङ्ग पुनःस्थापन केन्द्र बुटवलका राजाराम चौधरी,प्रेम भुजेल , संस्थाका सहसचिव नरबहादुर आले लगायतले बोल्दै अपाङ्ग व्यक्ति प्रती सबैले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो।