१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा जीप दुर्घटना, ६ जना घाइते



अ+ अ-

डोटी । डोटीको पश्चिमी क्षेत्रमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइते ६ जना मध्ये जीपका चालक कटक सिताल गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते हुनेमा सायल गाउँपालिका १ कौराडीका २७ वर्षीया राजु दमाई, त्यहीका १५ वर्षीया बारुली नेपाली, टीका नेपाली रहेका छन् । त्यस्तै आदर्श गाउँपालिका ७ का ३६ वर्षीय रमेश नेपाली, सातलाका १२ वर्षीय महेश नेपाली रहेका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाका लागि छुटेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक गजेडा भन्ने ठाँउमा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

भिरालो तथा चिप्लो सडक भएका कारण दुघटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाईतेहरुलाई उपचारकालागि दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए ।