३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुलहाको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

दुलहाको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
अ+ अ-
फाइल फोटो

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

गएराति १ बजे भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा–४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनापछि सख्त घाइते युवक पण्डित बेहोश भई रथबाट भुइँमा झरेपछि उनलाई गएराति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकामा आज बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक युवकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२४ वर्षपछि फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले २४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलवा नगरपालिका–४ बस्ने ५० वर्षीय पितम्बर झा रहेको उक्त कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

कुटपिट मुद्दामा महोत्तरी जिल्ला अदालतबाट २०५१ साल माघ २ गतेका दिन दुई वर्ष कैद सजाय तोकिएकामा सोही दिनदेखि फरार झालाई कार्यालयबाट खटेको प्रहरी टोलीले आइतबार पक्राउ गरिल्याएको उनको भनाइ थियो ।अभियुक्त झालाई आइतबार साँझ नै जिल्ला अदालतमा हाजिर गराइएकामा उक्त अदालतले कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको जनाइएको छ ।