१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वको लागि देउवालाई चुन्नुको विकल्प छैनः महत



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताउनु भएको छ । 

आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताउनु भएको हो । उहाँले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको पनि बताउनु भयो ।

नेता महतले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीलाई एउटा बलियो पार्टी, बिस्तारित पार्टी र सम्पूर्ण जातजाती, धर्मसंस्कृति, भाषा, भेष, सबैको साझा पार्टी, आम जनताको पहुँचमा जोडिने पार्टीको रुपमा रुपान्तरण गर्ने, हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई आदरणीय नेता, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहान्छौँ । 

उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम निर्वाचनमा पनि एक बनाएर नेपाली काँग्रेसले एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनु छ । नेपाल मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पूरा हुँदैन, अनेक जातजाती, भाषाभाषीहरुको पनि त्यत्तिकै आवश्यक छ । नेता, कार्यकर्ताहरुको सहयोगमा म पार्टीलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिवद्धता जनाउँछु ।’