१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु, तीन जना घाइते



अ+ अ-
सांकेतिक तस्विर

बझाङ । बझाङको बित्थड चिर गाउँपालिका–५ ओसैलमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार भएको उक्त घटनामा परी ओसैलमै घर भएकी ३५ वर्षे चाखुडी महर मृत्यु भएको छ। घटनामा सोही गाउँका गम्भा महर, हरिभान महर र कुटुरी महर घाइते भएको बित्थड प्रहरी चौकीका साहायक निरिक्षक धनन्जय जोशीले जानकारी दिए।

घटना भएको स्थानीयले देखेपछि तीन जनालाई बालुवाको ढिस्कोबाट निकालेर उद्दार गरेका थिए।