१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरहरैचामा पानीमा डुबेर १७ महिनाका बालकको मृत्यु



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैचामा पानीमा डुबेर सोमबार १७ महिनाका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १० मितेरी टोलका रामबहादुर सम्बाहाम्फेका छोरा पाङचुहाङ सम्बाहाम्फेको रहेको प्रहरीले जनाएको छ।

रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालक घाइते भएका थिए।

प्रहरीका अनुसार डुबेर अचेत भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।