१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पको टोकाईबाट एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

बझाङ । केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतीरहेका मष्टा गाउँपालिका १ डुग्रीका पवन रोकायाको सर्पले टोकेर मृत्यु भएको छ ।

सोमबार राति रोकायाको कानमा सर्पले टोकेको थियो । उनलाई रातिनै उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता हिमाली जिल्ला हुम्ला, सिमकोट गाउँपालिका–३तुम्पोतकी ५४ वर्षीया रिक्जीन लामालाई सर्पले टोकेको छ ।

दिउँसो खेतमा काम गरिरहेका बेला खुट्टामा सर्पले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको वडाअध्यक्ष ताक्ला जिक्मेत लामाले बताए ।

तर जिल्ला अस्पतालमा सर्पले टोकेको उपचार गर्ने एएसभिएस औषधि नभएको कारण नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालका डाम्टर दुर्गा सुर्खालीले बताए ।