१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा बस र ट्रक ठोक्कियोः एक जनाको मृत्यु, १५ घाइते (नामसहित)



अ+ अ-

कपिलबस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

घाइते हुनेमा कञ्चनपुर घर भएका ४२ बर्षीय गुण्डाराज भारती, भिमदत्त नगरपालिका ७ बस्ने ६६ बर्षीय भिमबहादुर कुँवर, २७ बर्षीय सह चालक चन्द्रबहादुर सुनार,३६ बर्षीय गणेशदत्त जोशी र ४० बर्षीय नरेन्द्र खत्री, गोदावरी नगरपालिका २ का ३५ बर्षीय गंगा सिंह रहेका छन् ।

त्यस्तै कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने ३० बर्षीय हेमराम तिमिल्सिना, स्याङ्जा गल्याङ नगरपालिका ४ बस्ने ४० बर्षीय खेमराज न्यौपाने,पाल्पा तानसेन नपा १ का ३५ बर्षीय माधव गौतम,डडेलधुरा अमरगडी नपा २ बस्ने २५ बर्षीय श्याम कठायत, दैलेख बिन्द्रासैनी नपा ८ बस्ने २४ बर्षीय पदम रिजाल, बर्दियाका ४० बर्षीय सुन्दरकली चौधरी, दाङ लमही नगरपालिका ६ का २० बर्षीय प्रकाश ढुङगाना र ट्रकको सह–चालक कञ्चनपुर गोदावरी नपा २ का २८ बर्षीय सुरेन्द्र बिक रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए ।