७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी चौकी आक्रमणमा चार प्रहरी मारिए



अ+ अ-

अबुजा । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ ।

यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान सबेरै आक्रमण गरेको राज्य प्रहरी प्रवक्ताले जानकारी दिए ।

यस आक्रमणमा परी सर्वसाधारण मारिएका वा घाइते भएका बारेमा कुनै समाचार प्राप्त नभएको प्रहरीले जनाएको छ ।