७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पताल स्याङ्जा एम्बुलेन्स विहीन



अ+ अ-

स्याङ्जा । जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउँछन् । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा।अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताए । ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ’, उनले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताए । ‘मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ’, उनले भने ।

दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

मङ्गलबार भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा ग १६ प ९१२४ को स्कुटर दुर्घटना हुँदा त्यसमा सवार क्षेत्री र चालक राजेश केसी घाइते भएका थिए । स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।