७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

“दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण”



अ+ अ-

काठमाडौं । पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

मंगलबार साक्षात्कारमा कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो ।

उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’

त्यस्तै उनले बजेटमा परिपक्व योजनामात्रै पार्नुपर्ने धारणा राखे । ठेक्का, टेण्डर दाबी विरोधमा पनि केही समस्या रहेको उनको टिप्पणी छ । लगाईएका ठेक्काहरुको अनुगमन राम्रोसँग गर्नुपर्ने उनले सुझाए । सरकारले कर्मचारी समायोजनको नाममा लामो समय अलमल गरेको र संघीय संरचना तयार पार्दा विकास निर्माणको काममा ढिलाई भएको उनको तर्क छ । उनले भने,‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ ।’