१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

पुँजीगत खर्च प्रकृयामा परिवर्तन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

पुँजीगत खर्च प्रकृयामा परिवर्तन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताउनुभयो ।

“निजी क्षेत्रले दशकौदेखि उठाउदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन,” उहाँले भन्नुभयो ।

कोभिड पछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपायहरु हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराउनुभयो ।

उहाँले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सिमित अवधिको लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने कुरा बताउनुभयो ।

“पर्यटन पूर्वाधारको विकास तथा अन्य परियोजनाहरुमा ५० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्र्याउने गैर आवासीय नेपालीहरुलाई कुनै निश्चित समयको सिमा राखेर कर छुट तथा अन्य सुविधाहरु दिन सकेमा यसबाट पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी, सरकारलाई थप कर तथा राजश्व संकलन लगायत बहुआयामिक फाइदाहरु लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताउनुभएको छ ।

“केही वर्ष अगाडि मलेसियाका पूर्व प्रधानमन्त्री डा महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यसबेला मैले उहाँलाई काठमाडौका केही स्थानहरु घुमाउने अवसर पाएको थिए । त्यसबेला मैले उहाँलाई सोधेको थिए – प्रधानमन्त्रीज्यू छोटो समयमै मलेसियाले गरेको विकासको रहस्य के हो ? उहाँको जवाफ थियो, राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन । उहाँको थप भनाइ थियो – राज्य लगानी विनाको साझेदार हो ।”

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले रेमिट्यान्सलाई औपचारिक रुपमा नेपाल ल्याउन वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्ने बताउनुभएको छ । 

पोखरा आन्तरिक पर्यटनको हव बन्दै गएको बताउँदै कोभिडपछि पोखराको आर्थिक गतिविधि पुन लयमा फर्किन लागेको बताउनुभयो । “मुलुकका प्रायजसो सबै ठूला शहरहरुबाट पोखरामा प्रत्यक्ष हवाई सम्बन्ध विस्तारसँगै पोखरा आन्तरिक पर्यटकको हव बन्न गएको छ । यसले विगत २ वर्षको कोभिडको प्रभावलाई विस्तारै कम गर्दै गएको महशुस मैले गरेको छु । यसले हामी व्यवसायीहरुलाई नयाँ उत्साह प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।

लेखनाथ महोत्सवले आन्तरिक उत्पादनलाई प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई प्रेरणाको श्रोत भएको समेत बताउनुभयो ।