३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दाहसंस्कारका लागि ‘अन्तिम घर’ प्रस्ताव

दाहसंस्कारका लागि ‘अन्तिम घर’ प्रस्ताव
अ+ अ-

बाँके । हिन्दू धर्मावलम्बीहरूको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाहरूले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ । बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि ‘अन्तिम घर’ प्रस्ताव गरिएको हो ।

“दाहसंस्कारका लागि अगैयाघाट जोखिमपूर्ण बन्दै गएको छ”, नेपालगञ्जका युवा व्यवसायी अर्जुन खड्काको दाहसंस्कारका लागि अगैया पुगेका अधिकांशले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूसँग भने । गाउँपालिका प्रमुख थारू घाट पुग्दा खड्काका मलामीहरूले त्यहाँ रहेको फोहर, अव्यवस्थित घाट र जोखिम देखाउँदै उहाँको ध्यानाकर्षण गराए ।

अध्यक्ष थारूले सरसफाइका लागि तत्काल व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे पनि घाटका लागि बजेट व्यवस्था भने गरी नसकेको बताउनुभयो । “स्थायीरूपमा घाट नै कहाँ बनाउने भन्ने कुरा छलफलमा छ”, सिक्टा सञ्चालन भएपछि अगैयामा दाहसंस्कारका लागि घाट सम्भव नहुने देखिएको सम्भावना औँल्याउँदै अध्यक्ष थारूले भन्नुभयो, “जहाँ टुङ्गो लाग्छ त्यही व्यवस्थित गरिनेछ ।”

हाल राप्तीसोनारी–२ मा रहेको अगैयाघाट राप्तीनदीको सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल हो । “यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने हाम्रो प्रस्ताव हो”, राप्तीसोनारी–८ का अध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, “सिक्टा सञ्चालन भएपछि यहाँ (अगैया) दाहसंस्कार सम्भव छैन”, वडाध्यक्ष बस्नेतका अनुसार, कोहलपुर पूर्वका अधिकांशहरूले हाल प्रयोग गर्दै आएको शम्शेरगञ्ज–८ गौशाला नजिक घाट प्रस्ताव गरिएको छ ।

“विद्युत्को पहुँच भइसकेकाले विद्युतीय शव दाहगृह निर्माण गर्न सकिन्छ”, वडाध्यक्ष बस्नेतले सामुदायिक वनबाट दाउराको समेत व्यवस्थापन सम्भव भएको जानकारी दिँदै भन्नुभयो, “अगैयाघाट प्रयोग गर्ने अधिकांश कोहलपुर पश्चिमका भएकाले उनीहरूका लागि आवागमनमा ५० किलोमिटर दूरी कम हुने र खर्च आधा जोगिन्छ ।” दुई वर्षदेखि नयाँ घाटको प्रस्ताव हुँदै आए पनि अगैयाका स्थानीय व्यवसायीको दबाबमा काम अघि बढ्न सकेको छैन ।

बजार तथा व्यापार सुक्ने डरले अगैयावासी त्यसको विरुद्धमा रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । वडाध्यक्ष बस्नेतले घाट निर्माणको कुरा राप्तीसोनारीको मात्र सवाल नभएकाले जिल्लाबाट नै योजना आउनुपर्ने बताउनुभयो । “खासगरी राप्तीसोनारी र कोहलपुर नगरपालिकाले यसमा बढी चासो लिनुपर्छ”, बस्नेतले भन्नुभयो, “अरु सबै स्थानीय तहले सहयोग गर्नुपर्छ ।”

घाट निर्माणका लागि योजना अघि सारे सर्वसाधारण समेतले हातेमालो गर्ने विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । “अन्तिम गन्तव्य नै यही भएकाले यसमा सबैले हातेमालो गरेर व्यवस्थित दाहसंस्कारस्थल, मलामी घर, किरीयापुत्री निवास, खानेपानीदेखि शौचालयसम्म सुनिश्चितता गर्न सकिन्छ”, श्रेष्ठले भन्नुभयो, “अन्तिम घरका लागि प्रत्येक घरबाट सहयोग जुट्छ ।”