७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवाको विज्ञापन अघि बढाउन सर्वोच्चले दिएको आदेशलाई ‘अर्को १७ साल’को संज्ञा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेशलाई ‘अर्को १७ साल’को संज्ञा दिएकी छिन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले उक्त विज्ञापनसम्बन्धी रीटमा सर्वोच्चले दिएको आदेशलाई प्रतिगमनको पराकाष्टा भएको आरोप लगाइन् ।

‘अदालतजति प्रतिगामी कोही पनि छैन, लोकसेवा आयोगको विज्ञापन अगाडि बढाउन दिनु अर्को १७ साल हो’ पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेकी भुसालले भनिन् ।

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न ९ हजार १ सय पदमा विज्ञापन आह्वान गर्दा समावेशीतालाई ख्याल नगरेको भन्दै राज्य व्यवस्था समितिले त्यसलाई रोक्न निर्देशन दिएको थियो । तर यो विवादमा सर्वोच्चले विज्ञापन रोक्न आदेश दिन अस्वीकार गरेको थियो ।