२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए



अ+ अ-

काबुल । अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताउनु भएको छ ।

तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिनु भएको छ ।

सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित छ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।




भर्खरै