७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने



अ+ अ-

काठमाडौं । अन्ततः भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे ।बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सरकार यसबाट पछि हट्दा राम्रो हुने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।

यसअघि सरकारले आइफा अवार्डका लागि नगद ४४ करोड २५ लाख रुपैयाँ र आउने भारतीय कलाकारसहित करिब छ सय जनालाई आतेजाते प्लेनभाडा र होटलमा बसेको खर्च समेत गरेर एक अर्ब रुपैयाँ खर्चिने सामाचारहरु सार्वजनिक भएका थिए ।

यद्यपी यसबारे सरकारले निर्णय नगरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउँदै आएका थिए । अवार्डका लागि पर्यटन बोर्ड र काठमाडौ महानगरपालिकामार्फत उक्त रकम खर्च गर्न लागिएको थियो ।

नेपाली चलचित्रको वृत्ति विकासका लागि लगानी नगर्ने, दोलखामा निर्माण गर्ने भनिएको फिल्म सिटी बजेट अभावमा अलपत्र प्रायः परेको तथा इनडोर स्टुडियो काठमाडौंमा निर्माण गर्ने भनिए पनि अहिलेसम्म कहाँ बनाउने तय नगरेको र बार्षिक आयव्यय विवतरणमा बजेट उल्लेख नगरिएको भन्दै व्यापक असन्तुष्टि हुदै आएको थियो ।

उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।