३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला
अ+ अ-

कास्की । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च ९वोटेफ०का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताइन् । उनले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरिन् ।

पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन् । ‘हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो’, पराजुलली भनिन्, ‘नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।’

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् । हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उनको धारणा थियो ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागी उमा काफ्लेले बताइन् । प्राकृतिकभन्दा पनि मानवनिर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीका लागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तव्य रहेको भ्रमणमा सहभागी माया सुवेदीको अनुभव थियो ।

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् । ‘हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो ।’ ‘श्रीमानलाई सोधेर आएको हो रु’, ‘महिला महिला मात्रै कसरी जानुहुन्छ रु’ जस्ता कुराले नमज्जा लागेको उनको भनाइ थियो ।

भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनि त्यहाँको इतिहासबारे जान्दा विकासका लागि शताब्दी कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको बताइन् । देशलाई माया गर्ने राजनेता भए चार दशकमै मुलुकले आर्थिक छलाङ मार्नसक्ने उदाहरण चीनबाट सिकिने उनको भनाइ थियो ।

बेइजिङको टप भ्यूज होलिडेज प्रा।लिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाई, गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन् । टोली असारको तीन गते गएर १४ गते फर्किएको हो ।