७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान लडाकूद्वारा एक जिल्ला कब्जा



अ+ अ-
file photo

अफगानिस्तान । अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन् ।

उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए । जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए । उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पुष्टि गरे ।

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमलाहरु गर्दैै आएका थिए । मङ्गलबार बिहान जिल्ला कब्जा गरेको बताएका छन् ।यस विषयमा थप जानकारी केही दिइएको छैन । तर उता सरकारी अधिकारीहरुले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानका विरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन् ।

प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने– अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ ।