७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको सदरमुकाममा शंकास्पद वस्तु फेला, वडा कार्यालयमा आगजनी



अ+ अ-

भोजपुर । भोजपुर सदरमुकाम नजिकैको देउराली सौदाचोकस्थित बुधबार विहान साढे ११ बजेतिर शंकास्पद वस्तु फेला परेको छ । रातो झोलामा राखिएको वस्तु बम भएको आशंकामा स्थानीयबासीले प्रहरीलाई खबर गरेका छन्।

देउराली चोकबाट बोखिमतर्फ जाने बाटोको सिँढीमा झोलामा शंकास्पद बस्तु फेला परेको हो । उक्त शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ । शंकास्पद बस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यता भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले तोडफोडका साथै आगजनी गरेको छ ।

वडा कार्यालयको ताला फोडेर कार्यालयमा रहेको महत्वपूर्ण कागजातलगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

अज्ञात समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताला फोडेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको इन्सेपेक्टर पाण्डव राजवंशीले बताए ।