७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

५१५ स्थानीय तहका लागि करिब साढे चार लाखको आवेदन



अ+ अ-

काठमाडौं । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा ४ लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

लोकसेवा आयोगका अनुसार ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी आवेदन परेको छ ।आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका रहेका छन् ।

५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

उनका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो ।

आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन नै दिएको छ । यद्यपी आयोगले विज्ञापन रोकेको छैन । विभिन्न संघ संस्थाले विज्ञापनको विरोधमा सार्वजनिक प्रदर्शनसमेत गरेका छन् । सर्वोच्च अदालतमा समेत विज्ञापनविरुद्ध रीट परेको छ ।