१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप टिममा नपरेका रायडुले गरे संन्यासको घोषणा



अ+ अ-

काठमाडौं । भारतका मध्यक्रमका ब्याट्सम्यान अम्बती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।


विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टोलीमा नपरेपछि रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएहुन् । सुरुवाती १५ सदस्यीय टोलीमा नपरेदेखि नै ३३ वर्षे रायडुले दुःख मनाउ गरेका थिए ।

शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरिँदा समेत आफूलाई टिममा समावेश नगरेपछि रायडुले निराश हुँदै बिसिसिआईलाई इमेल लेख्दै सबै फर्म र लेभलको क्रिकेटबाट सन्यास लिने निर्णय गरेको जनाएका छन्। धवन र विजयको स्थानमा भारतीय क्रिकेटका चयनकर्ताले युवा खेलाडी रिषभ पन्त र मयंक अग्रवाललाई टिममा समावेश गरेका छन् ।

जारी विश्वकप उनले चौथो नम्बरमा ब्याटिङ गर्ने विश्वास गरिएको थियो। तर उनी भारतको १५ सदस्यीय टिममा पर्न सकेनन्। उनको स्थानमा विजय शंकरले मौका पाएका थिए। छनोटकर्ताले विजय शंकर ‘थ्री डाइमेन्सनल प्लेयर’ (थ्री डी) भएकाले टिममा राखेको बताएका थिए।

त्यसपछि
रायडुले ‘थ्री डी चस्मा’ लगाएर विश्वकप हेर्ने भन्दै ब्यंग्य गरेका थिए। विश्वकपका दौरान विजय शंकर घाइते भएर स्वदेश फर्कदा पनि उनले टिममा स्थान पाएनन्। विजयको स्थानमा भारतले मयंक अग्रवाललाई मौका दिएको थियो।अहिले ओपनर शिखर धवनको स्थानमा खेलिरहेका रिशव पन्तले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन्।

उनले आइपिएल पनि नखेल्दे संकेत गर्दै मुम्बई इन्डियन्स र चेन्नइ सुपरकिंग्सलाई धन्यवाद दिएका छन्।३३ वर्षिय रायुदुले गत नोभेम्बरमा पहिलो श्रेणीको क्रिकेटबाट सन्यास लिँदै एकदिवसीय र टी–२० खेलमा केन्द्रीत हुने बताएका थिए।

सन् २०१३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका रायडुले भारतका तर्फबाट खेलेका ५५ अन्तर्राष्ट्रिय खेलमा ४७.०५ को औसतले १ हजार ६ सय ९४ रन बनाएका छन्, जसमा ३ सतक र १० अर्धसतक सामेल छन् । एक दिवसीय क्रिकेटमा रायडुले नटआउट रहँदै बनाएको सर्वाधिक योगफल १ सय २४ छ ।




भर्खरै