६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरका सिसी क्यामेरा हात्तीको देखाउने दाँत



अ+ अ-

काठमाडौं । सवारी दुर्घटना, आपराधिक गतिविधि निगरानी, नियन्त्रण र अनुसन्धान गर्न सहयोगी हुने अपेक्षासहित भरतपुरको मुख्य बजार क्षेत्रमा राखिएका अधिकतर सिसी क्यामेरा नचलेर उपयोगविहीन बनेका छन्। नगरमा ठाउँ–ठाउँमा सिसी क्यामेरा राखेको त देखिन्छ तर तिनको उपयोगिता हात्तीको देखाउने दाँतभन्दा बढी छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार सडक तथा बजारमा हुने गतिविधि अनुगमनका लागि राखिएका सिसी क्यामेराले काम नगर्दा अनुसन्धान तथा प्रमाण संकलनमा समस्या भइरहेको छ। ‘नारायणगढ बजार क्षेत्रको पुल्चोक र चौबीस–कोठीमा रहेको सिसी क्यामेरामात्रै सञ्चालनमा रहेको छ,’ उनले भने, ‘अन्य स्थानका सबै क्यामेरा मर्मत गर्नुपर्ने भएका छन्।’ सिसी क्यामेराको फुटेजबाट अपराध अनुसन्धानमा सहयोग हुने भएकाले बिग्रिएका क्यामेरा मर्मतका लागि महानगरपालिकासँग सहकार्य गर्ने काम अघि बढाएको उनले बताए।

जिल्लामा सिसी क्यामेरा राख्न जिल्लास्थित सरकारी कार्यालय, तत्कालीन स्थानीय निकाय र व्यवसायीहरूको सहकार्यमा २०६६ साउनमा द थर्ड भिजन, चितवन नामक संस्था स्थापना गरियो। त्यसको दुई वर्षपछि संस्थाद्वारा संकलित ४५ लाख ८० हजार रुपैयाँको लागतमा २९ वटा सिसी क्यामेरा खरिद गरी २०६८ साउनमा सिसी क्यामेरा जडान गरिएको थियो। क्यामेराको रेकर्डिङ सर्भर उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयमा राखियो।

तर कालान्तरमा चट्याङ, दुर्घटना र पोलहरू सार्नुपर्ने जस्ता कारणले ती सिसी क्यामेरामध्ये अधिकतर बिग्रिए। आपूर्तिकर्ता संस्थासँग समयमा क्यामेरा मर्मत गर्ने खर्च भएन। जिल्ला प्रहरी कार्यालयमा रहेको रेकर्डिङ सर्भर पनि बिग्रियो। प्रहरीमा रहेको सर्भर बिग्रिएपछि उद्योग वाणिज्य संघमा रहेको सर्भरलाई प्रहरी कार्यालयमा सारियो। पछि २०७२ सालमा बिग्रेका क्यामेरा केही क्यामेरा मर्मत गरिए भने आठ स्थानमा आठवटा नयाँ सिसी क्यामेरा जडान गरिए। ती पनि २०७४ सालमा बिग्रिए र भरतपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ खर्च गरेर मर्मत गर्नुपर्यो।

द थर्ड अनुसार सिसी क्यामेरा जडान र सञ्चालनका लागि विभिन्न सरकारी निकाय तथा संघ–संस्थाबाट २०६६ सालदेखि २०७५ असार मसान्तसम्म ७८ लाख १८ हजार रुपैयाँ संकलन भएको थियो, जसमध्ये हालसम्म ७८ लाख १२ हजार रुपैयाँ खर्च भइसकेको छ। हाल चितवनमा भरतपुर महानगरपालिकामा ३७ वटा, ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजार क्षेत्रमा चारवटा क्यामेरा राखिएका छन्।

सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिएर घाइते बनाउने, मार्ने घटना बढेपछि २०७३ असारमा चितवन, टिकौली वन क्षेत्रमा १० वटा सिसी क्यामेरा राखिए। राष्ट्रिय निकुञ्जको सक्रियतामा विश्व वन्यजन्तु कोषअन्तर्गतको तराई भूपरिधि कार्यक्रमको सहयोगमा १६ लाख रुपैयाँको लगानीमा ती क्यामेरा जडान गरिएका थिए। भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सडक क्षेत्रलाई समेट्ने गरी राखिएका ती सबै क्यामेरा बिग्रिएका छन्।

जिल्लामा राखिएका अधिकतर सिसी क्यामेरा काम नगर्ने भएपछि गत फागुनमा ‘चितवनमा सिसीटिभी जडान र विस्तार’ विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो। कार्यदलले जिल्लामा सिसी टिभी राखिएका स्थान, थप राख्नुपर्ने स्थानका बारेमा सम्पूर्ण स्थानीय तहमा पुगेर अध्ययन प्रतिवेदन तयार गरेको कार्यदलका संयोजक दिनेश चुके बताउँछन्। कार्यदलले ईच्छाकामना गाउँपालिकाका नौ स्थानमा १७ वटा क्यामेरा राख्नुपर्ने औंल्याएको छ। अहिले गाउँपालिकाको मुग्लिनमा चारवटा क्यामेरा राखिएका छन्। भरतपुर महानगरपालिकामा २३ स्थानमा ३७ वटा क्यामेरा राखिएकामा ९१ स्थानमा एक सय ६० वटा क्यामेरा राख्नुपर्ने आवश्यकता रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

संयोजक चुकेका अनुसार खैरहनी नगरपालिकाको ६ स्थानमा आठवटा, कालिका नगरपालिकाको आठ स्थानमा १२ वटा, राप्ती नगरपालिकाको ६ स्थानमा १२ वटा, रत्ननगर नगरपालिकाको १० स्थानमा १५ वटासहित जिल्लाका ६ वटा स्थानीय तहका एक सय २९ वटा ठाउँमा खुई सय आठवटा क्यामेरा राख्नुपर्ने आवश्यकता देखिएको छ। ‘कुन स्थानमा कति वटा, कस्तो–कस्तो क्यामेरा राख्नुपर्छ भन्ने विवरणसहित प्रतिवेदन तयार गरिएको छ’ उनले भने, ‘कति वटा मुभेवल, कति वटा नर्मल क्यामेरा कहाँ राख्ने भनेर विस्तृतमा अध्ययन गरेका छौं।’

आवश्यक सबै स्थानमा क्यामेरा राख्नका लागि ८४ लाख ३९ हजार रुपैयाँ लागत लाग्ने बताइएको छ। जडान भएको तीन वर्षसम्म मर्मत र सञ्चालनका लागि २७ लाख रुपैयाँ लागत लाग्ने अनुमानसमेत प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन तयार गरेर गृह मन्त्रालयमा बुझाए पनि हालसम्म कुनै पहल हुन नसकेको चुकेले बताए। ‘बढ्दो सहरीकरण, बसाइँसराइले बढेको जनसंख्याको चाप, जिल्लाको भौगोलिक अवस्थिति र संवेदनशीलताका कारण जिल्लाको शान्ति–सुरक्षाको अवस्था चुनौतपूर्ण छ,’ चुकेले भने, ‘त्यसैले स्थानीय निकायले सिसी क्यामेरा जडान र मर्मत–सम्भारलाई प्राथमिकता दिनुपर्छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।