१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षलाई पक्राउ गरेको विरोधमा चक्काजाम



अ+ अ-
फाइल फोटो

कैलाली । व्यापारीहरुले अत्तरियामा एक घण्टा चक्काजाम गरेका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितका तीनजना व्यापारीको रिहाइको माग गर्दै उनीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका हुन् ।

बुधबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया हिजो दिउँसो बजार बन्द गराएका थिए ।

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए ।

गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।




भर्खरै